जापानबाट १६ लाख १४ हजार डोज खोप आइपुग्यो

लोकखबर
७ भाद्र २०७८, सोमबार १२:४६

मकवानपुर । जापान सरकारले अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७४० डोज खोप आइपुगेको छ। सोमबार पाँच लाख ५९ हजार डोज खोप ल्याइएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी ए।
खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत खोप ल्याइएको हो। शनिबार सवा २ लाख डोज खोप ल्याइएको थियो। गत साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो।जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अस्ट्राजेनेका खोप सहयोग गरेको हो। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ। सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्णं मात्रा खोप लगाइसकेका छन्।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*