भूकम्पबाट भत्किएका ४५३ सम्पदा पुनर्निर्माण

लोकखबर
२०७८ भाद्र ७, सोमबार १३:१०

मकवानपुर । वि।स। २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट भत्किएकामध्ये ४५३ सम्पदाको पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरणले बताएअनुसार हालसम्म करिब ५० प्रतिशत सम्पदा पुनर्निर्माण भएका हुन् ।उक्त विनाशकारी भूकम्पमा परेर ३२ जिल्लाका कुल ९२० वटा सम्पदा भत्किएका थिए । भत्किएकामध्ये अब ४६७ वटा सम्पदाका पुनर्निर्माण सम्पन्न हुन बाँकी छ । महालेखाले ५८ औं वार्षिक प्रतिवेदनमा सम्पदाको पुनर्निमाण समयमै सकिनुपर्ने उल्लेख गरेको छ ।रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको