नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

लोकखबर
२०७८ भाद्र ७, सोमबार १३:५३

मकवानपुर । आइतबार जनैपूर्णिमाको दिन नेपाल र भारतका सुरक्षाकर्मीले आपसमा राखी बाँधेर मनाए ।नेपालका महिला सुरक्षाकर्मीले भारतीय पुरुष सुरक्षाकर्मीलाई र भारतीय अधिकारकर्मी महिलाले नेपालका पुरुष सुरक्षाकर्मीलाई राखी बाँधे ।भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए । त्यस्तै मिथिला परम्परा अनुसार पाग लगाएर र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।राखी कार्यक्रम पश्चात दुबै देशका सुरक्षाकर्मीले वृक्षारोपण गरेका थिए । सशस्त्र प्रहरीका सिरहा डीएसपी निलकमल आचार्यले नेपालतर्फबाट १८ जना र भारतको तर्फबाट १७ जना सहभागी भएर सिरहा नगरपालिका १७ माडरस्थित दशगजा क्षेत्रमा कार्यक्रम गरिएको बताए ।‘हाम्रो सशस्त्र प्रहरीबाट महिला पनि सहभागी भएको र एसएसबीमा महिला नभएका कारण त्यहाँको आयोजक संस्थाका महिलाले नै नेपाली सुरक्षाकर्मीलाई राखी बाँधिदिएका हुन्’ उनले भने ।राखीको अघिल्लो राति एसएसबीबाटै संयुक्त रुपमा राखी कार्यक्रम मनाउने प्रस्ताव आएको र आफूहरु पनि तयार भएको उनले बताए । ‘भारतीय क्षेत्रमा र हाम्रो तराई क्षेत्रमा पनि भव्यतापूर्वक राखी पर्व मनाइने गरिन्छ’ आचार्यले भने, ‘यसबाट राम्रो सन्देश जान्छ भनेरै हामी पनि तयार भयौं ।’नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको