नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी

लोकखबर
८ भाद्र २०७८, मंगलवार ११:०६

मकवानपुर । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। चन्द्रागिरिमा जारी बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावली माथि छलफल हुँदैछ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा एकीकृत समाजवादी लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*