यातायात कार्यालय दाङमा एक वर्षमा साढे १० हजार सवारी साधन दर्ता

लोकखबर
८ भाद्र २०७८, मंगलवार ११:१३

मकवानपुर । तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालयमा एक वर्षमा १० हजारभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा १० हजार ८३० वटा सवारीसाधन दर्ता भएका हुन्।दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा बढी २ पाङ्ग्रे रहेको कार्यालयका निमित्त प्रमुख रवीन्द्र केसीले बताए। उनका अनुसार ४ पाङ्ग्रे २०० भन्दा बढी रहेका छन्। यसबाहेकका दुई पाङ्ग्रे दर्ता भएका हुन्।
यहाँ कार्यालय स्थापना भएदेखि २०७७ साल असारसम्म ५८ हजार ८०० वटा सवारी साधन दर्ता भएका छन्।
लाइसेन्स वितरण नहुँदा समस्या
कार्यालयमा सालैपिच्छे दुई पाङ्ग्रे सवारी साधन दर्ता बढी रहे पनि लाइसेन्स वितरण नहुँदा सेवाग्राही मारमा परेका छन्। कार्यालयबाट गत आर्थिक वर्षमा १ हजार १८५ जनाले मात्र लाइसेन्स लिएका छन्। २ हजार ३०० जनाको ट्रायल परीक्षा लिन बाँकी र २ हजारभन्दा बढीको लिखित परीक्षा लिन बाँकी रहेको समेत बताए।साविक राप्तीका ५ वटा जिल्लालाई सेवा दिँदै आइरहेको कार्यालयबाट हालसम्म करिब ४५ हजारले साना तथा ठूला गाडीहरूको लाइसेन्स लिएको निमित्त प्रमुख केसीले बताए।अहिले कोरोना महामारीका कारण कार्यालयबाट लाइसेन्सको नवीकरण, सवारी साधनको नवीकरण, सवारी दर्ता लगायतका सेवाहरू प्रदान भइरहेको समेत उनले बताए। त्यस्तै कोरोना महामारीका कारण जाँच पास र रुट पर्मिटमा जरिवाना फ्रि रहेको समेत उनको भनाइ।लाइसेन्सको म्याद सकिएको हकमा भने प्रदेश सरकारले कोरोना महामारी शुरु भएयता जरिवाना नगर्ने भन्ने निर्णय गरेको जानकारी दिएको भए पनि विभागबाट नै लाइसेन्सको सिस्टम हुने भएकाले त्यहाँबाट काम नहुँदा आफूहरुलाई समस्या भएको समेत उनले बताए।
‘प्रदेश सरकारले गत बैशाख १६ देखि यता कोरोना महामारीका कारण नवीकरण नगरेका सेवाग्राहीहरूलाई जरिवाना नलिने भनेर जानकारी दिएको छ,’ उनले भने, ‘ तर, हाम्रो लाइसेन्सको सबै सिस्टम यातायात विभागमा नै हुन्छ। त्यहाँबाट जरिवाना नलिने भने पनि सिस्टममा परिवर्तन नभएसम्म त्यो लागू हुँदैन। जसले गर्दा अहिले सेवाग्राहीहरू समस्या छन्।’निमित्त प्रमुख केसीका अनुसार गत आर्थिक वर्षमा कार्यालयबाट ३५ करोडभन्दा माथि राजस्व संकलन भएको थियो। कार्यालयमा विशेष गरी सवारी साधन नवीकरणको कर संकलन हुने गरेको समेत उनको भनाइ छ।
त्यस्तै‚ कार्यलयमा जनशक्तिको अभाव रहेको समेत उनले बताए। अहिले कार्यालयमा २१ जना मात्रै कर्मचारी रहेको समेत उनले बताए। उनका अनुसार लाइसेन्स सञ्चालनका लागि कम्तीमा १० जना जनशक्तिको आवश्यकता पर्दछ। जसमध्ये चार जना अपरेटर, ६ जना लिखित परीक्षा र ट्रायलका लागि जनशक्ति चाहिने उनको भनाइ छ। त्यस्तै कार्यालयले पनि विगत लामो सयम देखि निमित्तको भरमा चल्दै आएको छ।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*