सिन्धुपाल्चोकमा बस दुर्घटना, १८ जना घाइते

मकवानपुर । सुनकोशी गाँउपालिका–३ कालीकाको छापमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। दुईजना बेपत्ता छन्।
बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो। बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।स्थानीयहरुले दुईजना बसले च्यापिएर बसेको बताए पनि पुष्टि भइनसकेको बस्नेतले बताए। घाइते १८ जनामध्ये तीनजनाको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा र १५ जनालाई थप उपचारको लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। बसको चालक तथा सहचालकको पहिचान नभइसकेकाले दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको उनको भनाइ छ।थाहाखबर डटकमबाट