सुरक्षाको माग गर्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित
मकवानपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।विनोद सिंह मेसुमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। ।एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा। सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।चार दिनसम्म कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरु लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घटनामा संलग्नको खोजीमा डिएसपी मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताए ।दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मोसो दलेर चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहारसँगै स्वास्थ्यकर्मीको सुरक्षाको लागि सरकारले ल्याएको अध्यादेश अनुसारको मुद्दा दर्ता गरिने बताए । अनलाइनखबर डटकमबाट












































