सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार साताकाे पहिलाे दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा दाेस्राे दिन साेमबार एक सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार चार सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार नाै सय ३० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, साेमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ । यस्तै, १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ । न्यूजकारखानाबाट