१५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन

लोकखबर
२१ भाद्र २०७८, सोमबार १२:४२

गुल्मी। गुल्मीको इस्मा दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इस्मा गाउँपालिका ४ दोहलीका मनबहादुर घर्तीका छोरा बिष्णु घर्ती गत १९ भदाैदेखि परिवारको सम्पर्कमा छैनन् ।

घरबाट साथीहरूसँग खेल्न निस्किएको र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुरले बताए । उनले गाउँलेहरूले सबै आफन्त र सम्भावित ठाउँहरुमा छोरालाई खोजे पनि फेला नपरेको बताए ।

सोमबार परिवारले इस्मा प्रहरीचौकीमा बालक हराएकोबारेमा जानकारी गराएका छन् । बिष्णुले सुन्तलादेवि निमावि नयाँपोखराको कक्षा ६ मा अध्ययनरत थिए । गहुँ गोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल निवासी लगाएको परिवारले जनाएको छ ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ । इस्मा प्रहरीचौकी इन्चार्च प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीकाअनुसार परिवारले भर्खरै खबर गरेपछि खोजी कार्य सुरु गरिएकाे छ । न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*