पालिका अध्यक्ष सहित १० जनाले आज गरे एकीकृत समाजवादीमा सनाखत

लोकखबर
२१ भाद्र २०७८, सोमबार २०:५१

मकवानपुर । एमाले छोडी एकीकृत समाजवादीमा आज सोमबार मकवानपुरका एक पालिकाका अध्यक्ष, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष लगायत १० जना जनप्रतिनिधीले सनाखत गरेका छन् ।

आज एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का सदस्य इश्वरी कामी (सुनार), इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन,थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर ५ का वडा सदस्य कृष्ण जीत लामा,इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बा रहेका छन् ।

यसअघि विहीबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायत २५ जना जनप्रतिनिधीले एमाले छाड्दै एकीकृत समाजवादीमा सखानत गरेका थिए । यो संगै मकवानपुरमा आजसम्म गरी एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ३५ जना पुगेको छ ।

हेटौंडामा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एमाले छाड्दै जनप्रतिनिधीले एकीकृत समाजवादीमा सनाखत गरेको र भोलिपनि सनाखत गर्ने तयारीमा मकवानपुरका जन प्रतिनिधी रहेको एकीकृत समाजवादीका केन्द्रिय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*