बागमती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी
मकवानपुर । बागमती प्रदेशसभाबाट एमाले छोडी एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरु माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवाल रहेका छन् ।
बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद् १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन् ।
भदौ १५ गतेबाट आज मंगलबार भदौ २२ गतेसम्म एमालेमै रहने वा एकीकृत समाजवादीमा आबद्घ हुनका लागि दिइएको समयावधिमा प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।












































