मौसम अपडेट:

महाशाखाले भन्यो- तत्काल भारी वर्षाको सम्भावना छैन

लोकखबर
२६ भाद्र २०७८, शनिबार ०७:२०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ ।
मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको सम्भावना छैन ।  तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।
दिउँसो र राति  देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।  सोमबार राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। न्युज कारखाना

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*