माथिल्लो तामाकोशीले बोलायो साधारणसभा

लोकखबर
२०७८ भाद्र २८, सोमबार ११:३८

मकवानपुर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले असोज १९ गतेलाई दुई वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको हो । कम्पनीको साधारणसभा भर्चुअल माध्यमबाट हुने बताइएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५र७६ मा उपलब्ध गराइएको आर्थिक सहयोग अनुमोदन लगायतका निर्णय गर्ने छ ।साधारणसभाका लागि कम्पनीले असोज ४ गते एकदिन बुक क्लोज गर्ने बताएको छ । जसअनुसार असोज ३ गतेसम्म कम्पनीका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन पाउँछन् ।रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको