हेटौंडामा सिजिको, ग्रान्ड ओपनिङ

लोकखबर
२८ भाद्र २०७८, सोमबार १२:३५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सिजि डिजिटलले आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ ।

हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले रिवन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

सिजि डिजिटलले देशभर आफ्नो शोरुम विस्तार गर्ने क्रममा बागमती प्रदेशको राजधानीको हेटौंडालाई मध्यनजर गर्दे शोरुम सञ्चालनमा ल्याएको हो ।९ वटा ब्रान्डका सामानहरु रहेको सिजि डिजिटलका अपरेशन मेनेजर पुष्पराज बरालले बताए ।

उनका अनुसार हाल सिजि,एलजी,सेन्साई लगायत ९ वटा ब्रान्डका विभिन्न घरायसी सामानहरु टिभी, वाशिंग मेसिन, फ्रिज, माइक्रो ओभन, मिक्स्चर ग्राइन्डर, आइरन, एसी, फ्यान, राइस कुकर, लगायत्का सामानहरुमा दशैं तिहार बिशेष अफर, ग्रान्ड ओपनिङ अफर लगायतको सेवाहरु प्राप्त गर्न सकिने छ ।

ओपनिङको दिनबाट १० दिनसम्म ओपनिङ अफर चल्ने मेनेजर बरालको भनाइ छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*