रानी सामुदायिक वनद्वारा निर्मित सालकको मूर्ती उद्घाटन

लोकखबर
२८ भाद्र २०७८, सोमबार १३:३९

मकवानपुर । विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको मूर्तिको आज सोमबार उद्घाटन गरिएको छ ।
हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा चौघडा बजारमा निर्माण गरिएको सालकको मूर्तिको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईले उदघाट्न गरेका हुन् ।

समूहको चालु आर्थिक वर्ष ०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सालकको मूर्ति निर्माण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष चौलागाँईले रानी सामुदायिक वनले लोपोन्मुख सालकको मूर्ति निर्माण गरेर वन समूहले उदाहरणीय काम गरेको बताए ।

उनले यस्तो कार्यले सालकको अनुसन्धान गर्ने विद्याथी, अनसन्धानकर्ता, उपभोक्ता र सरोकारवालहरुलाई मद्धत गर्ने बताए । रानी सामुदायिक वनले महिला आयआर्जन, संस्थागत विकास, वन व्यवस्थापन गरिवी न्यूनीकरण, सामाजिक कार्यहरु गरि वनको प्रतिष्ठालाई उच्च राखेको बताए ।

कार्यक्रममा मूर्तिकार हर्क ब्लोन र सहयोगी प्रमोद गौतमलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा वन समूहकी कोषाध्यक्ष एवम सालकको मूर्ति निर्माण उपसमितिकी संयोजक गोमा लामिछानेले सालकको मूर्ति बनाउन एकलाख ११ हजार खर्च लागेको विवरण प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, समूहका उपाध्यक्ष केशव धिताल, सल्लाहकार बलराम अधिकारी,कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी,वन समूहका पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
रानी सामुदायिक वनले २०६२ सालक देखि सालकको संरक्षण, यसको बासस्थान निर्माण प्रचारप्रसार, कानुनी व्यवस्था लगायत अनुमान गरिएको छ ।

समूहले सालकको संरक्षणको लागि ब्लक नम्बर ५ मा डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा सालक केज समेत निर्माण गरेको समूहकी सचिव नानीमायाँ रुम्वाले जानकारी दिइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*