हेटौंडामा कोरोना परीक्षणको लागि ३५ जनाको स्वाब संकलन, सक्रिय संक्रमित २ सय ५३ जना

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १०:५०

मकवानपुर । मकवानपुरको हेटौंडा(१० राप्तीरोडमा रहेको गोरेक्षेश्वर कोभिड(१९ स्वाब संकलन केन्द्रबाट आज ३५ जनाको स्वाब संकलन गरिएको छ ।
हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार आज कोरोना परीक्षणको लागि १८ जना महिला र १७ जना पुरुष गरी ३५ जनाको स्वाब संकलन भएको छ । उक्त संकलन स्वाबको परीक्षण रिपोर्ट आज साँझ सम्म आउने जनाईएको छ ।
जिल्लामा हाल २ सय ५३ जना सक्रिय कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय ४७ जना आफ्नै घरमा र ६ संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*