हेटौंडामा खुल्दै विशेषज्ञ सेवासहितको उज्वल डेन्टल क्लिनिक
मकवानपुर । हेटौंडामा अत्याधुनिक प्रविधिसहितको डेन्टल क्लिनिक सञ्चालनमा आउने भएको छ । हेटौंडामा विषेशज्ञको सेवासहित दाँतको उपचारका लागि अब अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । हेटौंडा २ बुद्धचोकको शान्तिटोलमा उज्वल डेन्टल केयर तथा अर्थोडेन्टिस सेन्टर असोज २ गतेदेखि आधुनिक विधिद्वारा दाँतको उपचार सुरु गर्ने भएको छ ।असोज २ गते उद्घाटन गरिने डेन्टल क्लिनिकमा क्लिनिक शुभारम्भको अवसरमा उद्घाटनबाट एक हप्तासम्म दाँतको जाँच फ्रि गरिने क्लिनिकका सञ्चालक दिलिप यादवले बताए । उनले अन्य सेवामा समेत उद्घाटनदेखिको एक हप्ता २० प्रतिशतसम्म छुट दिने बताए । बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको दात सम्बन्धी भरपर्दो उपचार सर्वसुलभ रुपमा गरिने उनले बताए ।
हेटौंडामा कम मात्रामा उच्च सेवा सहितको डेन्टल क्लनिक रहेका छन् । हाम्रो क्लिनिकमा विरगंज र चितवनका अनुभवि र विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिने यादवले बताए ।सेवाग्राहीको माग र बाध्यतालाई ध्यानमा राख्दै क्लिनिक सञ्चालनमा ल्याईएको हुदा चर्को शुल्क अशुल्ने मनशाय नरहेको उनले बताए ।प्रारम्भिक रुपमा क्लिनिकमा दाँत भर्ने, दाँतको जारदेखि उपचार गर्ने, नक्कली दाँत बनाउने, दाँत प्रत्यारोपण गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँत निकाल्ने, बच्चाहरुको दाँतको सम्पूर्ण उपचार, गिजाको उपचार गरिने सञ्चालक यादवले जानकारी दिए ।
स्वस्थ मुख नै स्वस्थ जीवनको आधार हो । मुखमा भएका सम्पूर्ण दाँतहरु,गिजा,जिब्रो,गाला,ओँठ,जबडा आदि निरोगी हुनुपर्दछ ।दाँतमा किरा लाग्नु,गिजाबाट रगत अथवा पिप आउनु,दाँत कमजोर हुनु,गिजाले हात छोडेर तलतल सर्नु,साँस गन्हाउनु, ओठ, मुख भित्रको गाला, च्यापु,जिब्रोमा घाउ आउनु सबै दाँत र मुखको स्वास्थ उपचारमा पर्दछ,’ उनले बताए ।
क्लिनिकमा समान्यता यी सेवाहरु भएपनि बिमारीको चाप र माग अनुरुप विशेषज्ञ सेवा पनि उपलब्ध हुने यादवले बताए ।खबरब्रेक डटकमबाट