पाँच वर्षमा हराए १३१ बालबालिका

मकवानपुर । आर्थिक वर्ष २०७३र७४ देखि २०७७र७८ सम्म लमजुङमा १३१ बालबालिका हराएका छन्। तीमध्ये ९५ बालिका र ३६ बालक छन्।
पछिल्लो पाँच वर्षको अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
जिप्रका लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए।
लमजुङमा गएको एक वर्षमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।
बालबालिका हराउन नदिनका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको प्रवक्ता रेग्मीले बताए।खबरब्रेक डटकमबाट