ब्रोइलर कुखुराको मासुको भाउ घट्यो, प्रतिकिलो रु. ३०५

लोकखबर
३० भाद्र २०७८, बुधबार १५:३२

मकवानपुर । पछिल्लो समय उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको हो। अहिले ब्रोइलर कुखुराको मासुको भाउ प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। यसअघि मासु प्रतिकिलो ३२० रुपैयाँ थियो।
यसैगरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो २३० रुपैयाँ थियो।
कोभिड संक्रमण कम भएपछि होटेल, रेस्टुराँहरु खुल्न थालेपछि खपत पनि बढ्न थालेको छ। अर्कोतिर मागभन्दा बढी उत्पादन भएकोले मासुको मूल्य घटेको हो।संघका अनुसार हाल दैनिक ४ लाख किलो ब्रोइलर कुखुराको मासुको खपत भइरहेको छ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*