पुर्व सुचक यन्त्रको बजार बिस्तार हुँदै

लोकखबर
३१ भाद्र २०७८, बिहीबार १३:०१

मकवानपुर । तपाई पसल,संघसंस्था,उधोग,सवारी सधानको चोरीको डरले आत्तिनु भएको छ भने अब आत्तिनु पदैन । एन्टीथेप्ट टेक्नोलोजीज प्रालि.ले पुर्व सुचक यन्त्र बजारमा लन्च गरेको छ । पसल,संघसंस्था,उधोग,सवारी सधान चोरी हुन्ने क्रम बढे पछि चोरी नियन्त्रणको लागि पुर्व सुचक यन्त्रको डिभाइस बजारमा ल्याएको हो । यो डिभाइसलाई शटरमा ,ढोकामा ,सवारी सधानहरुमा प्रयोग गर्न सकिन्छ । जसले चोरी हुन अगाडि मोबाईलमा सुचना दिने काम गर्छ र चोरी हुन बाट जोगाउँछ । एनटीथेप्ट टेक्नोलोजीज प्रालि.का सञ्चालक किरण लम्सालले बताए । यो डिभाइस हामीले बजारमा ल्याए पछि नेपालका मुख्यमुख्य बजारका ब्यवसाइहरुले लाभ लिएका छन् । चितवनको भरतपुर क्याम्पस रोडमा हाम्रो कम्पनि छ । यो डिभाइस नेपालको केही मुख्यमुख्य शहरहरुमा प्रयोगमा आएको छ । चितवन भरतपुरमा ४२ ओटा,पश्चिम् पोखरामा ८ ओटा , बुटवलमा १७ ओटा र बर्दघाटमा ३ ओटा जडान् भैसकेको छ , लम्सालले बताए । अब हामी छिटै बागमति प्रदेशको राजधानी हेटौंडामा पनि बजार बिस्तार गर्दैछैं नेपालको ठूलो औधोगिक क्षेत्र भएकोले र बैंक तथा बित्तिय संस्थाहरु पनि धेरै छन् त्यसैले यो डिभाइसले बजार पाउने कुरोमा बिस्वस्त छौं , लम्सालको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*