संखुवासभाको सामूहिक हत्या प्रकणमा अर्का व्यक्ति पनि पक्राउ

मकवानपुर । मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ । नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ ।
संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।खबरब्रेक डटकमबाट