थाहाका वडा सदस्य प्रधानको दुर्घटनामा मृत्यु

मकवानपुर । थाहा नगरपलिका वडा नंबर १ का वडा सदस्य सुन्दर प्रधानको ट्रक दुर्घटनामा मृत्यु भएको छ ।
गएराति त्रिभुवन राजपथको पालुङ नौबिसे सडक खण्डमा भएको दुर्घटनामा वडा सदस्य प्रधानको मृत्यु भएको थाहा १ का वडा अध्यक्ष हेरमान गोपालीले जानकारी दिए ।पालुङबाट काठमाण्डौ जाँदै गरेको तरकारी बोकेको ना ५ ख ८६४२ नंबरको ट्रक गएारति थाक्रे ८ सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ ।
ट्रकमा सवार प्रधानको गएरातिनै मृत्यु भएको हो । ट्रकका चालक प्रमोद अर्याल भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ । वडा सदस्य प्रदान नेकपा माओवादीबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए। खबरब्रेक डटकमबाट