तनहुँमा निषेधाज्ञा बढाइयो

लोकखबर
३१ भाद्र २०७८, बिहीबार १५:२५

मकवानपुर । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ ।
केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ । भौतिक रूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । “साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ”, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ ।विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ ।पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*