नेपाल र अमरिकाबीचको दोस्रो खेल आज

लोकखबर
१ आश्विन २०७८, शुक्रबार १०:४२

मकवानपुर । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले अमेरिकासँग खेल्दै छ ।
नेपाल र अमेरिकाको खेल दिउँसो ४ः१५ बजे ओमानको राष्ट्रिय क्रिकेट एकेडेमीको अल एमिरात क्रिकेट ग्राउन्डमा हुनेछ ।
सोमबार सिरिजको पहिलो खेल खेलेको नेपालले अमेरिकाविरुद्ध पाँच विकेटको जित निकालेको थियो । नेपाल दोस्रो खेलमा ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो ।
लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ । अमेरिकाले १४ खेलमा १२ अङ्क जोडेर दोस्रो तथा १२ खेल खेलेको ओमान २० अङ्क सहित शीर्ष स्थानमा छ ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*