जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

लोकखबर
३ आश्विन २०७८, आईतवार १४:०६

मकवानपुर । जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ ।
राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो । प्रत्येक १०र१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा ३० भदौबाट शुरु भइसकेको छ । जनगणनाको मुख्य गणना भने २५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ ।
मन्त्रालयको निर्णय अनुसार स्थानीय तहमा कार्यरत तथा जनगणना काममा काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर अहिले कार्यरत स्थानरनिकायमै रहने व्यवस्था मिलाउन भनिएको हो । अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*