कर्मचारीको सहयोगविना अनियमितता हुनै सक्दैन : मुख्यमन्त्री राउत

लोकखबर
२०७८ आश्विन ४, सोमबार १४:५७

मकवानपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुन नसक्ने बताएका छन् । देशमा सुशासन कायम गर्न कर्मचारी इमान्दार बन्नुपर्ने उनको भनाइ छ ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत सोमबार महोत्तरीको बर्दिवासमा आयोजित ‘स्थानीय तहको संस्थागत स्वमूल्यांकन सम्बन्धी समीक्षा एवं अनुशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सुशासन कायम गराउने दायित्व कर्मचारीकै काँधमा रहेको बताए । जनप्रतिनिधि निश्चित अवधि मात्र रहने तर कर्मचारी लामो समयसम्म रहने भएकाले कर्मचारीले नचाहेसम्म अनियमितता हुनै नसक्ने उनले दाबी गरे ।
प्रदेश २ मा भ्रष्टाचार अन्त्यको लागि जनलोकपाल आयोग गठन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । ‘त्यसैले सचेत रहन आग्रह गर्दछु,’ उनले भने ।
सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउनले यसलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिए । प्रदेशका अधिकांश स्थानीय तहले स्वमूल्यांकन नतिजा प्रकाशन गर्न नसकेकोतर्फ इंगित गर्दै उनले भने, ‘हामी आफनो मूल्यांकन समेत हामीले गर्न सकिरहेका छैनौं । अनि सुशासन कसरी सम्भव हुन्छ रु’ अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको