अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : उपेन्द्र यादव

लोकखबर
४ आश्विन २०७८, सोमबार १५:०९

मकवानपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए ।
सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘‘यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । र अब हामी यसलाई चाडै गर्छौं ।’
सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटको काम पनि बाँकी रहेको अध्यक्ष यादवले बताए । अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*