नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

लोकखबर
५ आश्विन २०७८, मंगलवार १०:०७

मकवानपुर । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू खेल्न ओमान गएको नेपाली क्रिकेट टोली आज मंगलबार स्वदेश फर्किएको छ ।
आज बिहान करिब साढे ७ बजे १७ खेलाडीसहित २० जनाको टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको थियो ।खेलाडीहरु स्वदेश फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमानबाटै भारत गएका छन् । ‌
ओमान रहँदा अमेरिका र आयोजक ओमानसँग दुईरदुई खेल खेलेको नेपालले दुवै टोलीसँग एकरएक खेल जितेको थियो भने एकरएक खेलमा हारेको छ ।
लिग टू मा नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ। ८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक नै जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ ।
ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।
लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*