दिगो विकास लक्ष्य : केन्द्रमा चर्का नारा र महँगा गोष्ठी, स्थानीय तहलाई थाहै छैन

लोकखबर
८ आश्विन २०७८, शुक्रबार १४:१३

मकवानपुर । १५ वर्षे दिगो विकास लक्ष्य एसडीजी बारे काठमाडौँमा चर्का नारा र महँगा गोष्ठी हुने गरे पनि अहिलेसम्म अधिकांश स्थानीय तह यसबारे बेखबर रहेको पाइएको छ । सरकारले सन् २०३० भित्र भौतिक, आर्थिक र सामाजिक विकासका क्षेत्रमा कायापलट गर्ने उद्देश्य राख्दै एसडीजी कार्यान्वयनमा ल्याएको पाँच वर्ष पुगिसकेको छ ।
सरकारले आर्थिक बर्ष २०७३र७४ देखि वार्षिक बजेटमा एसडीजीका लक्ष्यहरू समावेश गरी बजेट विनियोजन थालेको थियो । चौधौं योजनादेखि नै एसडीजी कार्यान्वयन सुरु भएको थियो । अहिले पन्ध्रौँ योजना २०७६र७७–२०८०र८१ कार्यान्वयन गर्ने आधाआधी समय समय सकिइसकेको छ । तर, अहिलेसम्म प्रदेश र स्थानीय सरकारमा एसडीजीका लक्ष्य स्थानीयकरण हुन नसकेको हो ।
बजेट विनियोजन गरी कार्यान्वयन थालेको पाँच वर्ष पुगेपछि राष्ट्रिय योजना आयोगले आज दिगो विकास लक्ष्य कार्यान्वयन समीक्षा कार्यक्रम आयोजना गरिरहेको छ । कार्यक्रममा बोल्ने प्रदेश योजना आयोगका उपाध्यक्ष र प्रतिनिधिहरूले दिगो विकास लक्ष्यबारे कतिपय स्थानीय तहमा कामै सुरु नभएको र प्रदेश तहकै मन्त्रालयहरू पनि यसबारे अनभिज्ञ रहेको बताएका छन् । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*