हेटौंडाको कमानेमा एक करोड ८१ लाख लागतमा प्याराफिट निर्माण हुँदै

लोकखबर
८ आश्विन २०७८, शुक्रबार १४:५९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ कमानेमा प्याराफिट निर्माणको काम भइरहेको छ ।
कमानेको चन्द्रोदय माविमा रंगशाला निर्माण गर्ने उदेश्यका साथ अहिले पहिलो चरणमा प्याराफिट निर्माणको काम भइरहेको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।कुल २ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्याराफिटमा टेण्डर मार्फत घटाघटमा रामेछाप पाँचपोखरी डटेश्वर निर्माण कम्पनिले एक करोड ८१ लाख रुपैयाँ लागतमा ठेक्का सकार गरेर काम गरिरहेको हो ।
हेटौंडाका धेरैजसो वडामा खेलकुदलाई प्राथमिकता दिएर काम गरिरहेको र कमानेमा प्याराफिट सहितको रंगशालाा निर्माण गर्ने योजनाका साथ काम भइरहेको मेयर महतले बताए ।प्याराफिट निर्माण भइसकेपछी दर्शकहरुले फुटबल लगायतका विभिन्न खेल सहज रुपमा हेर्न सक्नेछन् । विद्यालयको यस चौरमा माथी प्याराफिट तल सडकमा पर्नेगरी सटरहरु निर्माणको काम थालिएको छ ।
खेलक्षेत्रका पूर्वाधार निर्माणसंगै खेल प्रतियोगितालाई पनि प्राथमिकता दिएर काम गरिएको मेयर महतले बताए । खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*