एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक सुरु : को को छन् सहभागी ?

लोकखबर
१४ आश्विन २०७८, बिहीबार ११:१३

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० : ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।
प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका कुनै पनि नेता बैठक सहभागी नभएको उनले बताए । रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*