रेडक्रस सोसाइटी हेटौंडाद्वारा दसैं तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लोकखबर
२१ आश्विन २०७८, बिहीबार १८:४८

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले नेपालीहरुको महान चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्बत तथा छठ लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता एवं बागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई रेडक्रस अभियानमा महत्त्वपूर्ण योगदान दिएको भन्दै समानित  गरिएको थियो ।

यस्तै रेडक्रसका आजिवन सदस्यहरुलाइ आजिवन सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको नेरेसो हेटौंडाका सभापति दाहालले जनाएको छ ।

हेटौंडा ४ पशुपति मन्दिरको सभाहलमा बिहीवार (आज) भएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाल बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य प्रताप बिष्ट तथा जिल्ला सभापति सुर्यचन्द्र न्यौपानेले मन्तव्य ब्यक्त गरेको थियो ।

हेटौंडा उपशाखाले हरेक वर्ष चार्डपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान एवं रेडक्रस परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको उपशाखाका कोषाध्यक्ष हिक्मत श्रेष्ठले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*