लागुऔषध गाँजासहित २ जना प्रहरीको फन्दामा

लोकखबर
४ कार्तिक २०७८, बिहीबार १६:४५

मकवानपुर । लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  मकवानपुर प्रहरीले ५ किलो ३ सय ग्राम लागुऔषध गाजासहित २ जनालाई पक्राउ गरेको हो ।

बिहिबार बिहान ९ बजेको समयमा हेटौंडा–१५ स्थित पुर्वपश्चिम लोकमार्गमा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको ना १ ज १६७६ नम्बरको माइक्रो बसलाई प्रहरीले सुरक्षा जाँच गर्दा लागुऔषध फेलापारी २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी–५ का ४८ बर्षीय प्रेम बहादुर प्रजा र सोही ठाउँका २२ बर्षीय रविन्द्र प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जनाएको छ । लागुऔषध गाँजासहित पक्राउ परेको २ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*