नेकपा एमालेको २ नम्बर वडा अधिवेशन सम्पन्न

लोकखबर
६ कार्तिक २०७८, शनिबार १५:२६

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले हेटौडा उपमहानगरपालिका-२ नम्बर वडा कमिटिको १० औ वडा अधिवेशन आज सम्पन्न भएको छ ।

आज मुलुक भरि एकै साथ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलीले भौचरल मार्फत देश भरिका वडा अधिवेशनको उद्घाटन गरेको हो ।

हेटौडा उपमहानगरपालिका २ नम्बर वडा अधिवेशन बागमती प्रदेश कमिटि सदस्य भोजराज ढकालको प्रमुख अतिथियता तथा जिल्ला सदस्य मदन दाहालको विशिष्ट अतिथियतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेकपा एमाले जील्ला सदस्यहरु र हेटौडा उपमहानगर कमिटि सदस्यहरुको अतिथियतामा भएको थियो।
हेटौडा उपमहानगर २ नम्बर वडा कमिटिको १० औ वडा अधिवेशनले राम कृष्ण तिमिल्सिनाको अध्यक्ष्तामा ३४ सदस्य कमिटि निर्बिरोध गठन गरेको छ । उक्त कमिटिमा उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव राम प्रसाद ढोडारी र विषलाल खड्गी निर्बिरोध चयन भएका हुन । अधिवेशनमा १०५ जना संगठित सदस्यको उस्पस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*