मनहरीमा झुण्डिएको अवस्थामा भेटियो सुवेदीको शव

लोकखबर
२०७८ कार्तिक ८, सोमबार १२:५९

सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को हाँडीखोलामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

आज बिहान स्थानीय २८ वर्षीय रमेश सुवेदीको शव आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको जंगलमा रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी जयश्वर रिमालले जानकारी दिए ।

घटनास्थलमा प्रहरी गईरहेको प्रवक्ता रिमालले बताए । उनले घटनाको आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको