स्पोर्टस् एकेडेमीले क्रिकेट टिमका खेलाडीलाई गरे बिधाइ

लोकखबर
२०७८ कार्तिक ८, सोमबार १७:२८

मकवानपुर । मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी मकवानपुरको क्रिकेट टिमका खेलाडीहरुलाई आज (सोमबार) बिदाई गरिएको छ । चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध सुपर–१५ कप क्रिकेट प्रतियोगितामा सहभाािगता जनाउनका लागि आज खेलाडीहरुलाई बिदाई गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बिदाई कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई जीतको शुभकामनासहित बिदाई गरिएको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदीको सभाध्यक्षतामा भएको बिदाई कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रिय सदस्य तथा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामालगायतकाको उपस्थिति रहेको थियो ।

बिदाई कार्यक्रममा क्याप्टेन र म्यानेजरसहित १६ जना खेलाडीलाई जर्सि वितरण गरेको थियो । यस्तै अगामी १२ गते सामुहीक रुपमा दिपावली तथा छठ पर्वको शुभकामना र हुप्रा चौरलाइ सरसफाइ कार्यक्रम रहेको खेलकुद बिकास समितिका अध्यक्ष सानू कुमार लामाले जनाएको छ।

दोस्रो संस्करणको जारी प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर क्रिकेट टिमले आजनै चितवनकै टिमसँग खेल्दै छ । प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमीसहित मकवानपुरको न्यु मर्निङ क्रिकेट क्लब ए र बी टिम गरी २३ टिमको सहभागिता रहेको छ । जारी प्रतियोगितामा पहिलो चरणको खेल चलिरहेको छ ।

प्रतियोगितामा सहभागि मकवानपुरको न्यु मर्निङ क्रिकेट क्लब बी ले पहिलो खेलमा आइतबार पारिजात क्रिकेट टिमलाई १० रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ भने न्यु मर्निङ क्रिकेट क्लब ए ले पहिलो खेलमा बाई पाउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको