देशैभर एकैसाथ एमालेको पालिका अधिवेशन कार्य सुरु
नेकपा एमालेको देशव्यापी पालिका अधिवेशन उद्घाटन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरीकै ७५३ वटा पालिकामा एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् ।
भर्चुअल माध्यमबाट एकैसाथ पालिका अधिवेशन सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालयबाट ओलीले एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् ।
पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताएका छन् ।
‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन्,’ ओलीले भने, ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’











































