मनहरीका दीर्घरोगीले निःशुल्क उपचार सेवा पाउने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका दीर्घरोगीहरुले निःशुल्क उपचार सेवा पाउने भएका छन् । दीर्घरोगीहरुलाई आवश्यक औषधी उपचार गर्न सहज होस् भन्ने उद्देश्यले पाटन अस्पताल र मनहरी गाउँपालिकाबीच सोमबार सम्झौता भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जनाएको छ ।
गाउँपालिकाभित्रका दीर्घरोगका बिरामीहरुलाई गाह्रो पर्दा घरमै गएर उपचार गर्ने र औषधीको व्यवस्था गरिने तथा गम्भीर बिरामी देखिए उपचारका लागि पाटन अस्पताल पठाइने उनले बताए। गाउँपालिकामा दीर्घरोगीहरुको पहिचान भइरहेको र पहिचान भएपछि बिरामीहरुलाई सेवा उपलब्ध गराइने पनि अध्यक्ष उप्रेतीले बताएका छन् ।











































