विद्यार्थीलाई जडीबुटीसम्बन्धी सचेतना

लोकखबर
२०७८ कार्तिक ९, मंगलवार १४:५४

                                                हेटौंडा–१३ स्थित युगचेतना आधारभूत विद्यालयमा जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम

मकवानपुर । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले विद्यालयका विद्यार्थीलाई जडीबुटीसम्बन्धी सचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ । आइतबार केन्द्रले हेटौंडा–१३ स्थित युगचेतना आधारभूत विद्यालयमा जडीबुटीसम्बन्धी सचेतना मूल्क कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यालय तहका विद्यार्थीले आफ्नो वरिपरिका वनजंगलमा पाइने विभिन्न प्रकारको जडीबुटीको बारेमा जानकारी प्रदान गरिएको थियो । विद्यार्थीलाई जडीबुटीको उपयोग र फाइदाबारेसमेत जानकारी गराइएको थियो । कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको प्रमुख अतिथ्यता रहेको थियो ।

यस्तै, केन्द्रले सोमबार हेटौंडा–१५ स्थित वनदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक डिम्डुङको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा विद्यालयका विभिन्न कक्षामा अध्ययरत ७० जना विद्यार्थीलाई जडीबुटीको उपयोग तथा फाइदाबारे जानकारी दिइएको थियो । कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तेजकुमार स्याङ्तानलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको