मउवा संघको निर्वाचनमा न्यौपाने प्यानलको बस्तुगत तर्फबाट अधिकारी र एसोसिएट तर्फबाट चौलागाई बिजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको मंगलबार (हिजो) भएको निर्वाचनमा राज कुमार न्यौपाने प्यानलको एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई विजयी भएका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।
यस्तै चौलागाईंले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गरेका थिए । निर्वाचनमा ११७ मत मध्ये ११६ मत खसेको थियो ।
त्यस्तै एशोसियन तर्फको सदस्यहरुमा अंकिता सुमार्गीको ७१ मत, गणेशप्रसाद भेटुवालको ७७ मत, नवराज खतिवडाको ५४ मत , राजाराम कार्कीको ६५ मत, राजु थापाको २८ मत , रामशरण दुलालको ३१ मत, अशोक कुमार राउतको ३७ मत र दीपक उप्रेतीको ७३ मत प्राप्त गरेका छन् ।
जसमा सुमार्गी, भेटुवाल, कार्की र उप्रेती विजयी भएका छन् ।
यस्तै अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मत पाएका थिए ।
निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् ।
अधिकारीले १७, अर्यालले १५ मत मत प्राप्त गरेका छन् ।
सदस्य पदका उम्मेदवार अजिव भट्टराईले १२ मत र पुष्पराज पुडासैनीले १४ मत प्राप्तगरी पराजित भएका छन् ।











































