हेटौंडामा ट्याक्टरले अटोलाई ठक्कर दिँदा विकको मृत्यु

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १२:०३

सांकेतिक तस्बिर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय पदमबहादुर विक रहेका छन् । मंगलबार बेलुका करिब आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा विक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रिक्सा चालक भने सकुशल छन् । दुबै सवारीका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको