मकवानपुरमा संक्रमणको अवस्था कस्तो छ ?

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १२:११

मकवानपुर । पछिल्लो २४ घण्टामा देशभरी कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२ जना निको भएका छन् ।योसँगै नेपाल ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन्। जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मकवानपुरमा कोरोनाको अवस्थाः

मकवानपुरमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र १७ जनाको एन्टिजेन परीक्षण गर्दा १ जना गरी ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल ८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको आकडा अनुसार ७९ जना होमआइसोलेशनमा र ६ जना संस्थागत आइसोलेशनमा उपचाररत रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ दुई जनामा निको हुँदा एक जना पनि कोरोनाका कारण मुत्यु भएका छैनन् । जिल्लामा हालसम्म ५३ हजार ९ सय ६४ जनाको परीक्षण गर्दा १५ हजार ३ सय ८० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोना पुष्टि भएका मध्ये १५ हजार ६७ जना संक्रमणमुक्त भएका छन् भने १ सय ६५ जनाको मृत्यु भएको कार्यालयको तथ्याङमा छ ।

चार स्थानीय तह संक्रमण शुन्य
जिल्लाका दश स्थानिय तहमा मध्ये चार स्थानिय तह कोरोना संक्रमित शुन्य रहेको छ । इन्द्रसरोबर, कैलाश, राक्सिराङ र बागमती गाउँपालिकामा एक जना पनि कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमित सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाभित्र रहेका छन् । कार्यालयका अनुसार हेटौंडामा ६३ जना होमआइसोलशन र ६ जना अस्पतालमा गरी ६९ जना उपचाररत छन् । त्यस्तै थाहानगरमा घरमा ६ जना, मकवानपुरगढी, मनहरी, बकैयामा ३३ जना र भिमफेदीमा १ जना रहेका छन् ।

जिल्लामा ३ लाख ९ हजार ४ सय ७४ जनालाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाईएको छ । जसमा १ लाख ३३ हजार ६ सय ६५ जनालाई दुबै मात्रमा खोप लगाएका छने भने १ लाख ७५ हजार ८ सय ९ जनाले पहिलो मात्रमा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको