मउवा संघको निर्वाचन अपडेटः अग्रवाल प्यानल तर्फको वाणिज्यतर्फका उपाध्यक्षमा अग्रवाल र उद्योगतर्फका उपाध्यक्षमा रानाभाट विजयी
मउवा संघको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् भने उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् ।
अग्रवालले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरेका थिए । वाणिज्यमा १८७० मतदाता मध्ये १५१५ मत खसेको थियो । वाणिज्यको सदस्य तर्फभने अनिलभक्त श्रेष्ठ (७५८) कुलप्रसाद चौलागाई (९०३), कृष्णप्रसाद ढुङ्गाना (५९७), जावेद हुसेन (५८३), दामोदर पाठक (६३४), दीपक खत्री (५९७), दिवस पराजुली (६५८), नेत्रप्रसाद खतिवडा (७२३), बालकृष्ण बजगाई (६०७), विष्णुप्रसाद दाहाल (५९२) माधव ज्ञवाली (६८३), विकेशलाल श्रेष्ठ (८७०) सुदर्शन खरेल (७७१) हरिनारायण ठाकुर (३६२) ले मत प्राप्त गरेका छन् । जसमा अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागाई, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी भएका छन् । ७ जना सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।
मउवा संघको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी
यसैगरी वाणिज्य सदस्य महिला आरंक्षण तर्फ निलम पाण्डे (९२३), निलम वैद्य (७९५), नेत्रकुमारी भट्ट (४७४) र मनु दाहाल (५२३) ले मत प्राप्त गरेका छन् । जसमा पाण्डे र वैद्य विजयी भएका छन् ।
पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्तौला (५६५), राजु राउत (३९७) र राधिका सामरी पाण्डे (४६२) मत प्राप्त गरेकाछन् । जसमा बर्तौला विजयी भएका छन् ।
अध्यक्ष पदको मतपत्र भने केही बेरमा गणना सुरु गरिने जनाइएको छ ।
त्यस्तै राना भाटले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् ।
उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।
उद्योगको सदस्य तर्फभने श्रीकृष्ण कर्माचार्य (४२३), दीपक शिवाकोटी (३३९), नरेन्द्र भण्डारी (३६२), भुपेन्द्र प्रसाद अधिकारी (३३२), रुपकराज दाहाल (४६७), सन्तोषकुमार अर्याल (३५२), हरिप्रसाद ढकाल (२२३) र ज्ञानेन्द्र बर्तौला (२६९) ले मत प्राप्त गरेका छन् । जसमा दाहाल, कर्माचार्य, भण्डारी र अर्याल विजयी भएका छन् ।
यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी भएकी छिन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मत प्राप्त गरिन् ।











































