तरुण दलको ६८औं स्थापना दिवसमा ३३ जनाद्धारा रक्तदान

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १३:२४

मकवानपुर । नेपाली काङ्ग्रेस निकट नेपाल तरुण दलको ६८औं स्थापना दिवसको अवसरमा बुधबार हेटौंडाको बुद्धचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रममा भएका छन् ।

रक्तसंचार केन्द्र हेटौंडाको प्रविधिक सहयोगमा भएको कार्यक्रममा २ जना महिला र ३१ जना पुरुषले रक्तदान गरेका रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले बताएका छन् । हेटौंडामा पछिल्लो समय रक्तदान कार्यक्रमहरु नहुँदा विशेष गरी एबी पोजेटिभ रगतको अभाव भएको थियो ।

निकै कम मात्रामा पाइने उक्त रगत अभाव भएकै कारण एबी पोजेटिभ रगत भएकाहरुलाई फोन गरेर नै बोलाएर रक्तदान गरिएको रक्तसंचार केन्द्र हेटौंडाले जनाएको छ । रक्तदान गर्नेमध्ये २ जना रक्तदाता एबी पोजेटिभ नै भएको र अरु रगतको भने परिक्षण भइरहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको