मेरो जित मात्र नभई सम्पूर्ण व्यवसायीको जित होः गुप्ता

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १५:२२

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको मंगलबार भएको निवार्चनमा अध्यक्ष पदमा कृष्ण गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले प्रतिद्धन्दी संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २ सय ४६ मत प्राप्त गरि जित हात पारेका हुन्।उनले भने ‘ यो मेरो मात्र जित नभई सम्पूर्ण व्यवसायीहरुको जित रहेको बताए।’साथै उनले निवार्चनमा सहभागिता जनाई आफ्नो अमूल्य मत दिएर जित हासिल गराएकोमा सम्पूर्ण व्यवसायी प्रति अभार व्यक्त गरेको छन् ।

अगामि दिनमा प्रतिद्धन्दी साथि पूर्व अध्यक्ष राजकुमार न्यौपानेसंग सल्लाह सुझाव तथा साथको अपेक्षा समेत लिएको उनले बताए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको