मनहरी ५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन 

लोकखबर
२०७८ कार्तिक १०, बुधबार २०:०९

मनहरी ५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
कार्तिक, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

बुधबार बिहान गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा नवनिर्मित वडा कार्यालय उद्घाटन गर्नु भएको हो ।

समुद्घाटन कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष उप्रेतीले युगौ देखिको बलिदानलाई संघिय गणतन्त्र सस्थागत गर्ने हिसाबले गाउँ-गाउमा सिंहदरबारको योजना अनुरुप वडाबासीको इमान्दारिता र धैर्यताले नवनिर्मित वडा भवन उद्घाटन गर्न सफल भएका छौ ।

यसको लागि संरक्षण र सम्बद्धन गर्ने दायित्व राजनैतिक दल देखि स्थानीय वडाबासिन्दाको रहेको अध्यक्ष उप्रेतीले भन्नु भयो।

१ करोड १३ लाखमा सम्झौता भई निर्माण शुरु गरिएको वडा भवन १८ महिनाको कार्य सम्झौता अवधिमा कोरोना भाइरसको सक्रमण र निषेधाज्ञाले गर्दा ६ महिना सम्झौता थप गरि निर्माण सम्पन्न गरिएको थियो । गाउँपालिका भित्र वडा भवन निर्माण सम्पन्न भएको दोस्रो भएपनि निर्माण सम्पन्न पुरा भई उद्घाटन चाही पहिलो भएको छ ।

नवनिर्मित १५ कोठे भवनमा प्रशासन, सोधपुछ/दर्ता चलानी, कम्प्युटर शाखा सहित थप मेलमिलाप केन्द्र, प्राबिधिक शाखा र कृषि तथा पशुपन्छी शाखाबाट सेवा शुरु हुने वडा अध्यक्ष शुभराज थिङ्गले बताउनु भयो । यी शाखाहरु काम गर्न कर्मचारी अपुग हुने भएकोले गाउँपालिका संग समन्वय गरेर कर्मचारीको पदपूर्ति गर्ने छौ । उनले भने ।

समुद्घाटन कार्यक्रम संबिधान सभा सदस्य तथा नेकपा एसका केन्द्रिय सदस्य राजाराम स्याङ्गतानको बिशेष आतिथ्यतामा तथा ५ नम्बर वडाका वडाअध्यक्ष शुभराज थिङ्गको सभाध्यक्षतामा भएको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्र मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेती, नेपाली कांग्रेस जिल्ला सचिवालय सदस्य नवराज उप्रेती, ७ नम्बर वडाअध्यक्ष ठाकुर सिं तितुङ, कार्यपालिका सदस्य पम्फा रोक्का, भोज सिद्ध माविका प्रधानध्यापक महेश रिजाल, नेकपा माओवादी केन्द्रका वडा ५ का इन्चार्ज दिपेन्द्र अधिकारी, नेकपा एसका गाउपालिका सचिब ओम आलेमगर, चुरियामाई बन उपभोक्ता समूहका अध्यक्ष बीरबहादुर मिजार, पन्चकन्या वन उपभोक्ताका अध्यक्ष सोमनाथ रुम्बा, माओवादी केन्द्र ५ नम्बर वडा अध्यक्ष गोबिन्द सापकोटा, नेकपा एमालेका बिष्णु प्रसाद लामिछाने, नेपाली कांग्रेसका वडा सभापति बिष्णु प्रसाद उप्रेती, नेकपा एसका वडा सचिब उमेश अधिकारी, लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको