डाईजेपाम लागुऔषधसहित २ जना पक्राउ
मकवानपुर । लागुऔषध डाईजेपामसहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान करिब ४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नम्बर ७ मनहरी बजारस्थित चेकपोष्ट अगाडी पुर्व पश्चिम लोकमार्गमा बिरगंजबाट चितवन तर्फ जादै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार रहेका भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर वडा नम्बर २ निवासी २२ वर्षीय सद्दाम अन्सारी नाम भएको हो ।
यस्तै भारत बिहार जिल्ला मोतीहारी ग्राम सिसवा सौनाहा वडा नम्बर २ बस्ने १८ वर्षीय रोहान आलमले हरियो रंगको जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल फेला परेको हुदाँ निजहरुलाई उक्त लागुऔषध सहित पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रहरी जयश्वर रिमालले बताए।











































