सिमल टारमा कांग्रेसको चियापान कार्यक्रम

लोकखबर
२०७८ कार्तिक १२, शुक्रबार १२:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमल टारमा आज नेपाली कांग्रेसद्धारा नेपालीहरुको महान पर्व शुभ दिपावली तथा छट पर्वको अवरसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । आज भएको चियापान कार्यक्रममा करिब एक सय जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांगेसमा प्रवेश गरेका हुन् ।

                                                                        विभिन्न पार्टी परित्याग गरि नेपाली कांगेसमा प्रवेश

नेपाली कांग्रसको ११ नम्बर वडा ईकाइ समितिको आयोजनामा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांगेसको केन्द्रिय सदस्य तथा पुर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।

कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम कांग्रेस ११ नम्बर वडा समितिका सभापति दिपक उप्रेतिको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसको नगर सभापति उत्सव इटनी तथा पूर्व नगर सभापति आन्नद राम पराजुली, १ नम्बर वडा अध्यक्ष सविन न्यौँपाने, नेपाली कांग्रेसको क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, तरुन दल नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको