जनताको इच्छा विपरित कुनै काम गर्दैनौँः ऊर्जामन्त्री भुसाल

लोकखबर
२०७८ कार्तिक १२, शुक्रबार १५:१४

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाएका छन्।

भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उनले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

गोदावरी नगरपालिका–१२ र काठमाडौँ मेडिकल कलेजले संयुक्तरूपमा आज आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले भने, ‘आफूहरु जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौँ।’ उनले स्वास्थ, शिक्षा एवं पूर्वाधार विकासका लागि सरकार जनताप्रति प्रतिबद्ध रहेको र जनताको इच्छाविपरीत कुनै काम नगर्ने जिकिर गरे। जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाउँदै मन्त्री भुसालले भने, ‘सातदोबाटो–चापागाउँ सडक स्तरोन्नति गर्दा जनताको इन्छाअनुसार नै गरिएको हो।’

ललितपुर जिल्ला स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख उनले गर्दै धनीवर्गका लागि महँगा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताए। बागमती प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य र शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। गोदावरीको वडा नम्बर १२ स्थित लिटिलस्टार स्कुल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको