भीमफेदी–कुलेखानी सडकखण्ड दैनिक ४ घण्टा बन्द

लोकखबर
२०७८ कार्तिक १२, शुक्रबार १५:४२

मकवानपुर । मकवानपुरको हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयले बिहिबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन केही घण्टा सवारीसाधन बन्द हुने जानकारी गराएको हो ।

निर्देशनालयका निमित निर्देशक डा.सहदेव भण्डारीद्वारा जारी सूचनामा भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बिचको एघार घुम्ती क्षेत्रमा सडक सांघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कंक्रिट पेभमेन्ट कार्य हुने भएकोले तीन दिन ४ घण्टा सवै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर आदी) का सवारीसाधनमा रोक लगाउने भनिएको छ ।

निर्देशनालयले भोलि कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनमा रोक लगाइएको हो । साथै निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्यादिन सबैलाई आग्रह समेत गरेको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको